|

रोमानियाकी सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन्। महिला तर्फ भएको फाइनलमा अ‍ेमेरिकन सेरेना विलिम्सनलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दे हालेपले पहिलो विम्बल्डन उपाधि आफ्नो नाममा पार्न सफल भइन् । हालेप यो प्रतियोगिता जित्ने पहिलो रोमानियाली खेलाडी बनिन्। उनको करिअरमा भने यो दोस्रो ग्रान्डसलाम हो। उनले अघिल्लो वर्ष फ्रेन्च ओपन जित्दै इतिहास बनाएकी थिइन्। सेरेना ७ पटटकी च्याम्पियन हुन्। सेरेनाले पछिल्लो पटक २०१६ मा विम्बल्डनको उपाधि जितेकी थिइन्।

रेकर्ड बराबरी गर्न असफल

सेरेना हारसँगै अस्ट्रेलियाकी मार्गेट कोर्टको बराबरी गर्न असफल भइन्। सेरेनाको नाममा २३ ग्रान्डसलाम उपाधि रहेको छ। जहाँ मार्गेटले २४ ग्रान्डसलाम जितेकी छिन्। सेरेना पछिल्लो पटक २०१७ मा ग्रान्डसलाम जित्न सफल भएकी थिइन् । उनले उक्त समयमा अस्ट्रेलिया ओपनको उपाधि जितेकी थिइन्।

करिअरकै उत्कृष्ट खेल

जितपछि हालेपले करिअरकै उत्कृष्ट खेल भएको प्रतिक्रिया दिइन्। उनले ५५ मिनेटमा सेरेनालाई पाखा लगाएकी थिइन्। उनले भनिन् ‘यो मेरो करिअरकै उत्कृष् खेल रह्यो। म खेल अघि निकै नर्वस थिंए त्यसमा पनि पेट दुखेर आराम गरिरहेको थिंए। त्यसका बाबजुत कोर्टमा आएर उत्कृष्ट प्रदर्शन गर्दे उपाधि जित्न सफल भएं। यो मेरो मात्र होइन यो मेरी आमाको पनि सपना हो। यो दिन म कहिले भुल्ने छैन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.