|

जाजरकोट  ः जाजरकोटमा जंगलबाट ल्याएको च्याउ खाँदा ७ जना विरामी परेका छन् । 

जंगलबाट ल्याएको च्याउ खादा बारेकोट गाउँपालिका १, सिल्पाचौर घर भइ सदरमुकाम खलंगामा डेरागरी बस्दै आएका  शान्त बुढा, रत्न बुढा, ओमप्रकाश बुढा, बिरामी परेका छन्। डम्बर पुन, शान्ति पुन, टकबहादुर पुन र तीलबहादुर थापा रहेका छन्।  उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइ रहेको अस्पतालका डाक्टर अमिन शाहले बताए ।

सातै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको शाहले बताए। बारेकोट घरबाट खलंगा आउँदा फुलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साझ पकाएर खाएका थिए। खाए लगतै उनीहरुमा बान्ता भएको थियो। जंगलमा जथाभावि उम्रेको च्याउ नखाना डाक्टर शाहले सबैमा अनुरोध गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.