|

काठमाडौं :  आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथमा राखेर शहर परिक्रमा गराएको छ।

यसरी नै उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी सम्मिलित र्‍यालीले नगर परिक्रमा गरेको छ। यसपछि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा उपप्रधानमन्त्री  ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई सम्मान गरेका थिए। यस्तै प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.