|

सल्यान : बाल क्लबको सक्रियतामा कुमाख गाउँपालिका–६ बडागाउँमा बालविवाह रोकिएको छ। वडागाउँको च्याउखोलाका १७ वर्षीय दुलहा र दार्मा गाउँपालिका–१ की १६ वर्षीया दुलहीबीच हुँदै गरेको विवाह मण्डप मै पुगेर क्लबका पदाधिकारीले विवाह रोकेका हुन्।

स्थानीयले च्याउखोलामा वालविवाह हुँदै गरेको जानकारी दिएपछि वडा स्तरीय बाल क्लबले विवाह रोकेको बाल क्लबका अध्यक्ष युवराज खड्काले जानकारी दिए। अभिभावकलाई बाल विवाहको कानुनी प्रावधानबारे जानकारी गराएर, यस्ता विवाहपछि भविष्यमा हुन सक्ने जोखिम, वर्तमान अवस्थामा हुन सक्ने समस्या, सामाजिक, सांस्कृतिक रुपमा देखा पर्ने समस्याबारे अवगत गराएर बाल विवाह रोकिएको खड्काले बताए।

यस्तै, दुलाह र दुलहीलाई सम्झाइबुझाइ आ–आफनो घरमा पठाइएको उनले बताए। अभिभावक र उनीहरुले उमेर पुगेपछि मात्र बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.