|

रुकुम :  बाँफिकोट गाउँपालिका २ मा परम्परागत कालदेखि चल्दै आएका धान कुट्ने ढिकी लोप हुँदै गएको  छ। गाउँमा विद्युतीय मिल र पानी मिलको स्थापना भएदेखि ढिकीको लोप भएको हो। चार/पाँच वर्षअघि सालमा गाउँमा सयौँ ढिकी भेटिन्थे।

अहिले गाउँमा एउटा ढिकी पनि भेटाउन मुस्किल पर्छ। धान, चिउरीको मिजुला, सिरौँला, कक्कड, सिन्कि लगायतका वस्तु कुट्नलाई उपयुक्त साधन ढिकी हो। 
विद्युतीय सामग्रीमार्फत धान कुट्न थालेपछि काठको ढिकी बनाउन कसैले चासो पनि दिएका छैनन्।

अहिले गाउँमा दुई पानी मिल र दुई विद्युतीय मिल छन्। मिलबाट कुटेको चामल भन्दा ढिकीबाट कुटेको चामलमा स्वादिलो हुन्छ। स्थानीय ज्येष्ठ नागरिक रुद्रबहादुर खत्रीले दुईचार वर्षअघि प्रत्येक घरमा एकएक वटा ढिकी हुने गरेको बताए।

‘अहिले धान कुट्नको लागि ढिकी कहाँ छ भनेर दिनभरी खोज्न पर्छ, पहिलेको जमाना र अहिलेकोमा धेरै परिवर्तण आएको छ’, उनले भने, ‘अहिले  ढिकीले कुटेको चामल, सिस्नु, फापरको ढिँडो कोदाको रोटी भनेको सुन्ने मान्छेहरू अचम्म मान्छन्।’

 बाँफिकोट-२ मा मात्र होइन गाउँपालिकाको कुनै पनि वडामा हिजोआज ढिकी क्रमश पाइन छोडेको छ। त्यस्तै अन्नपातहरू पिस्नका लागि प्रयोग हुने जाँतो समेत पछिल्लो समय पाइन छोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.