|

हेटौंडा : जिल्ला अदालत मकवानपुरले एक वषको अवधिमा करिब ४० प्रतिशत मुद्दा फछ्र्योट गर्न सकेको छैन। 

आर्थिक वर्ष २०७५/०७६ सकिँदा जिल्ला अदालतले अदालतमा दर्ता भएका दुई हजार तीन सय छ मुद्दामध्ये एक हजार चार सय १९ मुद्दा अर्थात ६० प्रतिशत मात्रै मुद्दा फछ्यौट गरेको हो।

जिल्ला अदालत मकवानपुरले अघिल्लो आव २०७४/७५ को बाँकी ६ सय ३९ मुद्दा जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरमा गत आवमा एक हजार छ सय ६७ वटा मुद्दा परेका थिए। अदालतमा सबैभन्दा बढी देवानीतर्फ एक हजार दुई सय ६८ मध्ये सात सय ४१ फछ्यौट भई पाँच सय २७ बाँकी रहेका छन् भने फौजदारीतर्फ पाँच सय ३२ मुद्दामध्ये तीन सय ५६ फछ्यौट  भई एक सय ७६ बाँकी रहेका छन्। 

त्यस्तै, सम्बन्ध विच्छेदको छ सय २५ मुद्दामध्ये चार सय ४९ मुद्दा फछ्यौट भएका छन्।  एक सय ७६ मुद्दा बाँकी रहेको जिल्ला अदालत मकवानपुरका रजिष्टार केशवराज कौशिकले बताए। सरकारवादी फौजदारीतर्फ चार सय ९८ मुद्दा परेकोमा तीन सय १८ फस्र्योट भई एक सय ८० मुद्दा बाँकी रहेको रजिष्टार केशवराज कौशिकले बताए। साथै, गत अर्थिक वर्षमा आठ पुनरावेदन परेकोमा चार मुद्दा फछ्यौट भई चार बाँकी रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.