भक्तपुर : भक्तपुरमा निर्माणाधिन हनुमन्ते करिडोरको निर्माणकार्य तत्काल अघि नबढ्ने भएको छ।
हनुमन्ते करिडोर पिडित समितिको माग बमोजिम मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले करिडोर निर्माणको काम तत्काल अघि नबढाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेसँगै हनुमन्ते करिडोरको निर्माण तत्काल अघि नबढ्ने भएको हो।
नगरपालिकाका वरिष्ठ कानुन अधिकृत केशव सिलवालले समितिलाई बिहिवार पठाएको पत्र अनुसार नगरप्रमुख श्रेष्ठले हनुमन्ते जग्गा एकिकरण आयोजनाको प्रक्रियाबाट उपभोक्ता समिति गठन गरी आयोजनाको डिपिआर तयार गरी जनताको जग्ग फिर्ता पाउने गरी पूर्ण प्रत्याभुती नभएसम्म हनुमन्ते करिडोरको काम अगाडि नबढाउन सम्बन्धीत निकायलाई पत्राचार गर्ने नगरप्रमुख स्तरिय निर्णय गरेको व्यहोरा उल्लेख गरिएको छ।
यसअघि समितिले मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा करिडोरको निर्माण सम्बन्धमा ८ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा करिडोरमा परेका जग्गाधनीहरुलाई नेपालको प्रचलित ऐन कानुन अनुसार क्षतीपूर्ति दिनुपर्ने, जग्गा प्राप्ती गर्नु अगावै मुआव्जा र क्षतीपुर्तीको प्रक्रिया अघि बढाउनुपर्ने, नेपालको संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हकको संरक्षण गर्नुपर्ने, अधिग्रहण गर्ने जग्गाको क्षतीपूर्ति र मुआव्जाको लागि सिमांकन र नक्सांकन गर्नुपर्ने, कानुन सम्मत ढंगले अधिग्रहण गरी जग्गा एकिकरण आयोजना सञ्चालन गर्नुपर्ने, हनुमन्ते करिडोर क्षेत्रमा विकास निर्माण गर्दा पिडितहरुलाई पनि सहभागी गराउनुपर्ने, हनुमन्ते खोलाको बहाव क्षेत्र घटाउने र परिवर्तन गर्न नपाईने माग उल्लेख गरिएको समितिका संयोजक ओम प्रकाश श्रेष्ठले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।