|

काठमाडौं :  त्रिभुवन विश्विविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक कलेजोको प्रत्यारोपण सफल भएको छ।

अस्पतालका प्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको टोलीले चिकित्सा विज्ञानमा अत्यन्तै जटिल कलेजोको सफल प्रत्यारोपण गरेको हो। डा. भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका वरिष्ठ सर्जन डा. विवेक बिजले सहयोग गरेका थिए।

त्रिवि शिक्षण अस्पतालमा एक महिनाअघि पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको थियो । यो पटक काठमाडौ बाहिरका एक ४४ वर्षीय पुरुषमा शुक्रबार कलेजोको सफल प्रत्यारोपण भएको डा. भण्डारीले बताए।  सिरोसिसका कारण कलेजो बिग्रिएका उनलाई  २८ वर्षीय ज्वाइँले कलेजो दिएको उनले बताए। 

पहिलो पटक गरिएको कलेजो प्रत्यारोपणमा एपोलो अस्पतालकै विशेषज्ञहरुले सघाएका थिए। नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २ वर्षअघि कलेजो प्रत्यारोपण भएको हो। प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालसहित नेपालका २ अस्पतालमा मात्रै कलेजो प्रत्यारोपण सेवा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.