|

भारतको दिल्ली राज्यकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ। ८१ वर्षीया शीलाको शनिबार दिउँसो निधन भएको हो।

सन् १९९८ देखि २०१३ सम्म शीलाले १५ वर्ष लगातार दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हालेकी थिइन्। उनको नेतृत्वमा कांग्रेसले दिल्लीमा लगातार चुनाव जितेको थियो।

शीलालाई प्रखर महिला वक्ताका रूपमा लिइन्थ्यो। उनी गत लोकसभा निर्वाचनमा पनि दिल्लीबाट उम्मेदवार बनेकी थिइन्।

शीला लामो समयदेखि उनी बिरामी थिइन्। शीलाको एस्कार्ट अस्पतालमा निधन भएको हो।  

उनी हाल कांग्रेसकी दिल्ली प्रदेशकी अध्यक्ष पनि थिइन्।

दिल्लीको विकासमा शीलाको भूमिका महत्त्वपूर्ण रहेको थियो।

उनी लोकसभामा पनि सांसद रहेकी थिइन् भने राज्यपालको भूमिका समेत निर्वाह गरेकी थिइन्।

नरेन्द्र मोदी नेतृत्त्वको सरकारका मन्त्री नीतिन गडकरीले शीला विकास प्रेमी नेत्रृ भनेर सम्झिएका छन्। उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.