बारा : पूर्वपश्चिम राजमार्गअन्तर्गत प्रदेश २ को महोत्तरीको बर्दिबासस्थित भप्सी पुलमा बेलीब्रिज बनिरहेको छ। अविरल वर्षापछि आएको बाढीले असार २७ गते मध्यरातमा भप्सी पुल बगाएको थियो। बाढीले पुल बगाएपछि खोलाको दक्षिणतर्फबाट डाइभर्सन गरी सवारीसाधन चलाइएको छ। बेला–बेलामा आउने बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदै आएको छ।
पुल बगाएपछि बेलीब्रिजमार्फत यातायात सञ्चालन गर्ने सरकारी तयारी छ। त्यसका लागि बेलीब्रिज निर्माण भइरहेको छ। बेलीब्रिज बनाउन सामान झार्न सुरु गरेको शनिबार एक साता पुगेको छ। प्रयाप्त सामग्री अभावमा कामअघि बढाउन नसकेको निर्माण कार्यअघि बढाएको भगवती वर्कशप बाराले एकसाता बितिसक्दा काम अन्तिम चरणमा पुर्याएको छ। वर्कशपका सञ्चालक हेमनारायण चौधरीले अबको दुई/तीन दिनमा बेलीब्रिजबाट सवारी चालाउन सकिने बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।