|

नेपालमा बाढी प्रभावित क्षेत्रमा सर्पको आतंक फैलिएको छ।  लगातारको वर्षाले प्रभावित तराईका जिल्लामा  सर्पको आतंक  फैलिएको छ।  गत बिहिबारको वर्षाले देशभरमा ९० जनाको ज्यान गयो भने हज्जारौं घरबारविहीन भए।

बाढीले भारतमा पनि त्यतिकै क्षति पुर्‍याएको छ। बाढीका कारण भारतमा वन्यजन्तुको क्षति त्यतिकै भएको छ।  भारतको असम राज्यमा बाढीले प्रभावित एक गाउँलेकाको घरको आछ्यानमा पाटेबाघ पसेको छ। बाढीले प्रभावितको घर भित्र मात्रै बाघ पसेन,  उ घरबेटीको आढ्यानमा करिब १० घण्टा आराम गर्‍यो।  करिब १० घण्टाको प्रयासपछि उसलाई भारतीय वन्यजन्तुका अधिकारीले धपाएका थिए। 

उक्त बाघ बाढीले प्रभावित काजिरङ्गा राष्ट्रिय निकुञ्जबाट भागेको थियो र सुख्खा क्षेत्र खोज्दै उक्त घरमा पुगेको थियो।  थकित बाघलाई दिनभरि घरमा सुत्न दिइएको थियो र साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जङ्गलतर्फ धपाएका थिए। भारत वन्यजन्तु कोषका अनुसार उक्त बाघलाई पनि सुरुमा बिहीवार बिहान सो राजमार्ग छेउमा देखिएको थियो। व्यस्त सडकले गर्दा अत्तालिएको बाघले सडकनजिकैको घरमा शरण लिन पुग्यो।

 सो बाघलाई उद्धार गर्ने टोलीका अगुवा रथिन बर्मनका अनुसार बाघ बिहान साढे सात बजे बाघ घरभित्र पस्यो। उसलाई साँझ साढे ५ बजेतिर बाघ  त्यहाँबाट उठेर जङ्गलतर्फ लाग्यो। बाघ आएको देख्नासाथ घर मालिक मोतीलाल आफ्ना परिवार लिएर त्यहाँबाट भागेका थिए। त्यसक्रममा बाघलाई जगाउन पटाका पड्काएको थियो। काजीरङ्गा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परि ९२ वन्यजन्तुको ज्यान गएको छ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.