|
फाइल फोटो

सिन्धुली : सिन्धुलीको हरिहपुरगढी गाउपालिका-२ मा पानीसँगै परेको चट्याङ लागि एक बालकको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार दिउँसो पानीसँगै परेको चट्याङ लागी हरिहपुरगढी गाउपालिका –२ चईनपुरका शेरबहादुर तिरुवा विकका ११ वर्षीय छोरा नवराज तिरुवा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

आफ्नो घरदेखि २ किमी पश्चिममा पर्ने बालगैरा जंगलमा च्याउ टिप्न जादा अचानक पानीसँगै परेको चट्याङ लागी उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.