समाज

दुई किलो अवैध सुनसहित नागढु्ंगाबाट एकजना पक्राउ
SHARES

साउन ५, २०७६

    काठमाडौँ : प्रहरीले नागढुङ्गाबाट दुई किलो सुनसहित एकजनाई पक्राउ गरेको छ। भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६५२ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा रसुवा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसी घर भएका भीमबहादुर तामाङ पक्राउ परेका हुन् । 

    कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा दुई किलो सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए। 

    विशेष सूचनाका आधारमा परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गए राति चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा गाडी जाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङ सुनसहित पक्राउ परेका हुन् । तामाङलाई आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । 

    गाँजा बरामद

    काठमाडौँ महानगरपालिका-९ गौशाला बसपार्कस्थित जनकपुर गेस्ट हाउसबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोली देखेपछि भागेका व्यक्तिले छाडेको तीन किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    करिब ३५ वर्षीय पुरुषलाई उक्त लागुऔषधसहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएका छन्। उनको खोजीसँगै घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

    यसैबीच काठमाडौँको तारकेश्वर नगरपालिका-१ स्थित पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेका त्यही ठाउँ बस्ने उदयपुरका विष्णु सुनुवारको छोरा १२ वर्षीय सुरज सुनुवारको शव फेला परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]