फिचर : फोटो फिचर

साउने सोमबारका दिन पशुपतिमा भक्तजन (फोटो फिचर)
SHARES

साउन ६, २०७६

    काठमाडौं : हिन्दू धर्मावलम्बीहरुका लागि साउने सोमबार वर्षकै पवित्र दिनको रूपमा लिइन्छ। यस दिन शिवको पूजाआराधनाका लागि शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लाग्दछ।  

    साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ। महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन्।

    साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिवोपासना विशेष मानिन्छ। साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने विश्वास छ। यसदिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।

    हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ। यस वर्षको साउनको पहिलो सोमबार साउन ६ गते परेको छ। यस हिसाबले यो वर्ष साउनमा चार वटा सोमबार परेको छ। यो सौर गणनाको हिसाबले हो। तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्द्र तिथि बारको प्रयोग गर्नु भन्ने निर्देश छ।

    साउने सोमबारका दिन पशुपतिनाथ मन्दिरमा भेला भएका भक्तजनहरु:

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]