|

मनाङ : शिक्षाको खस्किँदो अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहले गत वर्ष आवासीय विद्यालयमा रूपन्तरण गरी पठनपाठन गर्दै आएको  चामेको लोकप्रिय मावि अहिले नमुना विद्यालयमा छनोट भएको छ। दुर्गम जिल्लामा शिक्षाको पहुँच बढाई गुणस्तरी शिक्षा प्रदान गर्ने उदेश्यले स्थानीय तहको आर्थिक सहयोगमा आवासीय विद्यालय निर्माण गरिएको हो।

भौगोलिक कठिनाइका कारण बालबालिकाहरू विद्यायलयको पहुँचबाट टाढा रहेको र स्थानीयहरुको बालबच्चा जिल्ला बाहिर पठाउन थालेपछि विद्यालयमा केटाकेटीको संख्यमा कमी आउन थालेको थियो।

यस्तो अवस्थामा विद्यालयमा बालबालिकाको पहुँच बढाउन र स्थानीयका बालबालिकालाई जिल्ला पर्काउने उदेश्यले आवासीय विद्यालयको अवधारण ल्याई पठनपाठन शुरु गरीएको गाउँपालीकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। उनका अनुसार अहिले विद्यालयमा अंग्रेजी माध्यम र नेपाली मध्यममा पढाई भइरहेको छ। शुरुमा ६० जना विद्यार्थी संख्य रहेको यस विद्यालयमा अहिले ३००को हाराहारी विद्यार्थी रहेका छन्।

  नेपाल सरकारको नमूना विद्यालय विकासका लागि छनौट गरिने विद्यालयको यस वर्षको छनौट सूचिमा मनाङको सदरमुकाम चामेमा सञ्चालनरत  लोकप्रिय माध्यमिक विद्यालय पनि पर्न सफल भएको छ। गत असार २७ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयबाट चालु आर्थिक वर्षको नमूना माध्यमिक विद्यालयको रुपमा यस विद्यालय उक्त सूचिमा पर्न सफल भएको हो।

 विद्यालयहरूको क्षमतामा सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना २०७३÷७४ देखि ०७९/८० सम्मको कार्यक्रम अवधिमा मुलुकभर १००० ओटा नमूना विद्यालय विकास गर्ने उल्लेख भएअनुसार हालसम्म २२२ विद्यालयहरु छनोट भई गुरुयोजनासहित नमुना विद्यालयहरु बिकासका क्रममा रहेका छन्।

 चालू आर्थिक वर्षमा छनोट गरिने १०० विद्यालयमध्ये पछिल्लो सूच अनुसार निर्वाचन क्षेत्रगत रुपमा १६ विद्यालयहरु छनोट भइसकेका छन्। सोही सूचनाअनुसार आवेदन दिएका तथा उक्त केन्द्रको मिति २०७५ साल चैत्र ५ गतेको सूचनाअनुसार स्थानीय तहगत रुपमा छनोट हुने गरी आवेदन दिएका कुल ६९ जिल्लाका विभिन्न

गाउँ तथा नगरपालिकामा सञ्चालित विद्यालयहरुको प्रारम्भिक मूल्याङ्कन पछि केन्द्रबाट गरिएको सत्यापनका आधारमा ८४ विद्यालयहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरको उक्त निर्णयअनुसार छनोट भएका विद्यालयको सूचिमा मनाङको चामे गाउँपालिकाको लोकप्रिय माध्यमिक विद्यालय पनि पर्न सफल भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.