|

मुगु : हिमाली जिल्ला मुगुमा ३७ औ विपि स्मृति दिबसको अबसरमा वृक्षारोपण गरीएको छ।  सोमबार नेपाल तरुण दल मुगुको आयोजनामा ३७ औ विपि स्मृति दिबसको अबसरमा छायाँनाथ रारा नगरपालीका वडा नं ५ झापागाडामा बिभिन्न प्रजातिकमा बिरुवा रोपी वृक्षारोपण गरीएको हो।

विपि पार्कका रुपमा परिचित झापागाडामा १ सय ५० वटा बिभिन्न प्रजातिकमा विरुवा रोपी ३७ औ विपि स्मृति दिबस वृक्षारोपण गरेर मनाईएको नेपाल तरुण दल मुगुका अध्यक्ष रमेश मल्लले जानकारी दिए।

विपि स्मृति दिबसमा विपिले नेपालको राजिनतिक परिवर्तनमा दिएका योगदान र काग्रेशमा विपिले प्रतिवाद्धन गरेका सिद्धान्त लाई  मनन्गर्ने सम्झिने  र सहि बाटोमा हिड्न अरु लाई विपिको विचार प्रयोग गर्न आग्रह गर्नुका साथै विक्षारोपण लगायत अन्य बिभिन्न कार्यक्रम गरी बर्षेनी विपि स्मृति दिबस मनाउने गरेका  अध्यक्ष मल्लको भनाई छ।

विपि स्मृति दिबसको अबसरमा नेपाली काग्रेशका उप सभापती खग्रेन्द्र बहादुर मल्ल लगायत पाटीका जिम्मेवार ब्यत्ति  ,कार्यकर्ता , र नेपाली काग्रेश बाट निर्वाचित जन प्रतिनिधि पनी बृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.