|

सिन्धुली : सुनकोसी गाउँपालिका लोपोन्मुख पञ्चेबाजा संरक्षणमा जुटेको छ। आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिका कारण र पछिल्ला पुस्ताका युवाहरुको रोजाइमा नपर्दा लोप हुने अवस्थामा पुगेको पञ्चे बाजाको संरक्षणमा स्थानीय सरकार जुटेको हो।

धार्मिक एवं सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको पञ्चेबाजा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा लगायत विभिन्न धार्मिक तथा सामाजिक मेला उत्सवमा बजाउने गरिन्छ। तर, पछिल्लो समय यस्तो चाडपर्व तथा मेला उत्सवमा पञ्चेबाजा कमै मात्रामा बजाइने गरिन्छ।

बञ्चेबाजा जोगाइराख्न गाउँपालिकाले दुई सेट पञ्चेबाजा वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर १ मा र ५ मा एकएक सेट वितरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विकास सुन्दासले जानकारी दिए। नेपाली मौलिक पञ्चेबाजाको संरक्षण गर्नु आवश्यक देखिएकाले दुई सेट वितरण गरिएको गाउँपालिकी अध्यक्ष दीपा बोहोरा दाहालले बताइन्। 

पञ्जे बाजामा ढोलकी, झ्याम्टा (झुर्मा), दमाहा, सनाही र ट्याम्को पर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.