निर्मला हत्याकाण्डमा अझै छानविन

|
पत्रकारसँगको अन्तरक्रियामा बोल्दै गृहसचिव प्रेमकुमार राई

काठमाडौं : सरकारले पूर्वगृहमन्त्रीहरुको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने भएको छ। 'सुरक्षा थ्रेट' नभएको अवस्थामा पनि पूर्वगृहमन्त्रीहरुले अघिपछि सुरक्षाकर्मी लगाएर हिँड्ने क्रमलाई गृहले रोक्ने भएको हो । 

गृहमन्त्रालयमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा गृहसचिव प्रेमकुमार राई सबै पूर्वगृहमन्त्रीहरुको सुरक्षामा खटाइएका सशस्त्र र नेपाल प्रहरीका टोली फिर्ता गर्न लागिएको बताएका हुन्। 

'विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाएका सुरक्षाकर्मी अहिले फर्किएका छन्। केहीलाई सुरक्षा थ्रेटका आधारमा खटाइएको छ', राईले भने, 'केही नखटाउनुपर्ने ठाउँमा फिर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ। सबै पूर्वगृहमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुन लागेका छन्।'

निर्मला हत्याकाण्ड छानबिन जारी

गृहसचिव राईले कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डको अहिले पनि छानविन भइरहेको बताएका छन्। उनले यो घटना निरन्तर छानविनका क्रममा रहेको स्पष्टीकरण दिए। 

त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिन प्रतिवेदन कार्यान्वयनमा गइरहेको उनले बताए। सचिब राईले सुन तस्करीमा मुछिएका व्यक्तिमाथिको सुनुवाइमा बदमासी गरेका अदालतका कर्मचारीमाथि पनि कारबाही भइरहेको जानकारी दिए।

सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउँदै समितिबाट कम्पनीमा ल्याएको बताउदै सचिब राईले ट्रकहरूलाई  पनि कम्पनीमा ल्याउने काम भइरहेको जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.