|

संखुवासभा : पहिरोले खाँदबारी नगरपालिका ३ मा एक घर विस्थापित भएको छ। पहिरोले खाँदबारी ३ मानेभञ्याङमा टेकबहादुर विक विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। 

घर माथिबाट पहिरो झर्न थालेपछि विकको घर पहिरोको जोखिममा परेपछि छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ। घरमाथि सडक भएका कारण पहिरो कुनै पनि जान सक्ने भएकाले छिमेकीको घरमा सारिएको छ।

पहिरोले सुनमाया तामाङ,चन्द्रकुमारी तामाङ,शान्ति राईको घर समेत जोखिममा परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.