|

काठमाडौ‌ं : काठमाडौं  विश्वबिद्यालयका नियमविपरीत अपारदर्शी तरिकाबाट स्कुल अफ आर्ट्सअन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयका असिसटेन्ट प्रोफेसरहरुको चयन गरी नियुक्ति दिइएको प्रतिस्पर्धीहरुले आरोप लगाएका छन। खुला प्रतियोगिता भनिएपनि उल्लेखित बिषयहरुमा आन्तरिक प्रतिस्पर्धीलाई अपारदर्शी तरिकाबाट नियुक्ति गरिएको हो। उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुबोध शर्मा र स्कुल अफ आर्ट्सका  डिन सागर शर्माको मिलेमतोमा सो नियुक्ति दिइएको बताइएको छ।

स्कुल अफ आर्ट्सअन्तर्गत बिज्ञापन नम्बर ०३/०७५/०७६ शीर्षकमा  मिति २०७६ असार २७ मा सार्वजनिक गरिएको नतिजा कुन आधारमा गरिएको,   विश्वबिद्यालयको नियम के छ, लिखित परिक्षा, पर्फर्मेन्स टेस्ट र अन्तर्वार्तामा गरि प्रतिस्पर्धी  उम्मेदवारले जम्मा कति अंक प्राप्त गरे, त्यसैगरी बैकल्पिक उम्मेद्वारको

कति अंक आयो, पत्रकारितामा  बैकल्पिक उम्मेदवार किन राखिएन लगायतका सूचना माग गरी गत असर ३० गते  विश्वबिद्यालयका सूचना अधिकारी  रजिस्ट्रार सुवोध शर्मासँग लक्ष्मणदत्त पन्तले दिएको निवेदनलाई बेवास्ता गरिएकोले पनि उल्लेखित विषयका नियुक्तिहरू नियम संगत नभएको आशंका गरिएको छ।

यी पदहरुमा नियुक्ति गर्दा प्रचलित कानुन र नियमको समेत विश्वविद्यालयका अधिकारीहरुले उल्लङ्घन तथा पदको दुरुपयोग गरेको पाइएको छ। विश्वविद्यालय नियमानुसार मुल्यांकन विज्ञमा  विश्वविद्यालय अनुदान आयोगको एकजना सदस्य राखिनुपर्नेमा विश्वविद्यालयले  उल्लेखित बिषयहरुको मुल्यांकनविज्ञमा आयोगको सदस्य समेत नराखेको दावी प्रतिस्पर्धीहरुले गरेका छन्।

त्यसैगरी कुनै पनि बिषयमा दुईजनासम्म प्रतिस्पर्धी भए बैकल्पिक उम्मेदवार छनौट गर्नुपर्नेमा पत्रकारिता बिषयमा त्यस्तो पनि गरिएन। आफु अनुकूल व्यक्तिहरु राख्न उपकुलपति र रजिस्ट्रारलाई गलत रिपोर्टिङ गरी डिन सागर शर्माले अख्तियारको चरम दुरुपयोग गरेको आरोप लगाइएको छ । 

डिन आफैले नियमविपरित बिना विज्ञापन करारमा राखेका व्यक्तिलाई यी पदहरुमा नियुक्ति गर्न दवाब दिएको पनि बताइएको छ। यसैबीच माग गरिएको सूचना विश्वविद्यालयले उपलब्ध नगराएपछि  पन्तले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्ने तयारी गरेका छन्।यसअघि   नै पन्त र अर्का प्रतिस्पर्धी डा. महेन्द्र सापकोटाले नियुक्तिहरूमा भ्रस्टाचार र पदको दुरुपयोग भएकाले त्यसमा संग्लनलाई कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिसकेको बताएका छन्।

प्रतिस्पर्धाबाट जनशक्ति नियुक्ति गर्न विश्वविद्यालय जस्तो संस्थामा सेवा आयोगसमेत नहुनुले यसको विश्वसनीयता र पारदर्शितामाथि प्रश्न उठाएको छ। ल स्कुल अफ आर्ट्स शुरु भएयता त्यस स्कुललाई चाहिने जनशक्तिको खुला विज्ञापन गरिए पनि हालसम्म कुनै पनि खुला प्रतिस्पर्धीलाई चयन नगरिएको बताइएको छ। यी सबै घटनाक्रमले  विश्वविद्यालयभित्र हुनेगरेको अपारदर्शी नियुक्ति, पदको दुरुपयोग र भ्रष्टाचार पुष्टि गर्दछ भन्ने प्रतिस्पर्धीहरुको दावी छ।

असिष्टेण्ट प्रोफेसर पदमा भएको सो पदमा लामो समयदेखि कार्यरत अनुभवि र योग्य मानिसहरुलाई नैं छानिएको विश्वविद्यालय स्रोतले बताएको छ । पूरा गर्नुपर्ने प्रकृया पूरा गरी र प्रतिस्पर्धामा  छनौट भए अनुसार नैं गरिएको भन्दै विश्वविद्यालय स्रोतले सूचना माग भएको बिषयमा आबश्यक परामर्श र निर्णय गरेर सूचना उपलब्ध गराउने अनौपचारिक सल्लाह भएकोले प्रक्रिया पूरा गर्ने सिलसिलामा ढिला हुन गएको पनि थाहाखबरसँग बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.