|

काठमाडौं : थानकोटबाट एक किलो सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङलाई पक्राउ गरेको हो ।

बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेका उनलाई बुधबार साँझ नागढुङ्गामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनले कम्मरमा पेटीले बाँधेर सुन ल्याएको जनाइएको छ ।

थानकोट वृत्तका प्रमुख एव् प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार बरामद वस्तु नक्कली वा सक्कली सुन हो भन्‍नेबारेमा परीक्षण भइरहेको छ। 

सुन चीनको केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको अनुमान छ । तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.