|

काठमाडौं : श्रम तथा रोजगार मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको दाबी गरेको छ । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको दाबी गरेका हुन्। 

आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको यो कार्यक्रम अन्तरगत पहिलो वर्ष नै एक लाख ७५ हजार ९०९ जनालाई जम्मा २२ लाख ६९ हजार २६९ दिन रोजगारी मिलेको मन्त्रालयले जनाएको छ। 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ७५३ वटै स्थानीय तहबाट कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना सञ्चालन गरेका थियौँ’, मन्त्री विष्टले भने, ‘यस क्रममा २ अर्ब ३६ करोड ८९ लाख ६९ हजार बजेट स्थानीय तहलाई सशर्त अनुदानका रुपमा हस्तान्तरण गरेका थियौँ। हरेक स्थानीय तहमा पाँच लाख कम नहुने गरी अधिकतम् एक करोड नबढ्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत परिचालित बजेटले प्रतिव्यक्ति औसत १३ दिनसम्मक रोजगारी दिएको भेटिएको छ।’

मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये ५९९ ले हालसम्मको प्रगति विवरण पठाएसकेका छन्। यसक्रममा स्थानीय तहमा ६ हजार ८ सय ६४ वटा आयोजना पनि निर्माण भएको दाबी गरिएको छ। 

सकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा झार, उखेल्न र मकै गोड्न आफ्ना कार्यकर्तालाई अर्बौँ रकम वितरण गरेको आरोप लागिरहेका बेला मन्त्रालयले यो पत्रकार सम्मेलन गरेको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.