|

न्युयोर्कमा इ–स्पोर्टसको सर्वाधिक ठूलो इभेन्ट भएको छ। अनलाइन गेमिङको सर्वाधिक पुरस्कार राशिको फोर्टनाइट विश्वकपमा भाग लिनका लागि करिव चार करोड गेमरले आवेदन दिएका थिए। जसबाट १०० जना गेमर छानिएको छ। यो प्रतियोगितामा १२ वर्षदेखि ४० वर्षभन्दा बढीका खेलाडीले सहभागिता जनाएका थिए। जसमा अमेरिकाका टिन गामरले जित्न सफल भएका छन्।

फोर्टनाइट विश्वकप विश्वको सर्वाधिक पुरस्कार राशि भएको ई–स्पोर्टस प्रतियोगिता हो। यो प्रतियोगितामा ३२० करोड रुपैयाँ बराबरको पुरस्कार राशि रहेको छ। जसमा विजेताले ३३ करोड ५० लाख बराबर पुरस्कार प्राप्त गर्ने छ। विजेताले प्राप्त गर्ने राशि टेनिसको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता विम्बल्डनको च्यामिपयनले पाउनेभन्दा बढी हो।

विम्बल्डन च्याम्पियनले ३२ करोड प्राप्त गर्ने गरेका छन्। अझ यो प्रतियोगितामा १६ वर्षीय किशोर च्याम्पियन भएर नोभाक जोकोभिच या सिमोन हालेपभन्दा बढी पुरस्कार जित्न सफल भएका छन्। च्याम्पियनबाहेक रनरअप, तेस्रो र चौंथोलाई १६ करोडदेखि लिएर ६४ लाखसम्मको पुरस्कार पाउन सफल भएका छन्। यो विश्वकपमा ३० देशका गेमर सहभागि थिए।

गेमर्स ८ देखि १० घन्टा स्क्रिनअघि बसेर अभ्यास गर्छन्

सहभागिमध्ये एक छन् बेलायतका १४ वर्षीय काहली। काहलीलाई यो खेलको बारेमा सोध्धा यसो भने ‘तपाईंहरू यो खेललाई खेलहरू मध्येमा कमजोर सम्झिनु हुन्छ होला। त्यस्तो नगर्नूस ई–गेम्स निकै गम्भीर विषय हो। हामी पनि अन्य खेलमा जस्तै दिनमा ८ देखि १० घन्टा स्क्रीनमा बसेर अभ्यास गर्ने गर्छौं। जसले गर्दा विश्वकपसम्म स्थान बनाउन सकेका छौं।’

ई–स्पोर्ट अहिले विश्वमा सर्वाधिक चाँडो फस्टाएको खेल हो। यसका लागि विभिन्न देशमा फरक–फरक मैदानसमेत निर्माण भएका छन्। गेमरलाई खेल कसरी आयोजना हुन्छ भनेर अनविज्ञ राखिन्छ। उनीहरूलाई दुई दिनअघि मात्र प्लेइङ एरिनामा लग्ने गरिएको छ।

२०२० सम्म रेभेन्यू १ विलियन डलर पुग्ने

ई–स्पोर्टसको विश्वभरको रेभेन्यू ९०० मिलियन डलर रहेको  छ। रेभेन्यु बढ्ने दर वर्षमा ५० प्रतिशत बढी रहेको छ। दुनिया भर यसका प्रयोगकर्ता २५ करोड बढी रहेका छन्। ई–सपोर्टसको हार्डवेयर इन्ड्रस्टी ७.६८ लाख करोड रुपैयाँ बराबर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.