|

कपिलवस्तु : कपिलवस्तुमा सर्पदशंबाट २ जनाको मृत्यु भएको छ। सर्पदशंबाट कपिलवस्तुको बाणगंगा नगरपालिका ६ भगलापुरका ४५ वर्षीय तेजप्रसाद खनाल र वडा ३ की ५० वर्षीया शुभमाया थापाको मृत्यु भएको हो।

घरबाट लक्ष्मणघाट बोलबम जान निष्कने क्रममा घरकै आगनमा गोमन सर्पले डसेपछि उनलाई उपचारका लागि गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लैजादै गर्दा ज्यान गएकोे छ। त्यस्तै थापालाई सोमबार विहान सर्पले डसेपछि उपचारका लागि केन्द्रमा पुर्‍याएपछि मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नविन भण्डारीले बताएका छन्। उनलाई समयमै ल्याएको भए बचाउन सकिन्थ्यो, उनले भने, 'हेल्चेक्राई र झारफुक जस्ता कारणले अझ पनी कतिपयले ज्यान हालेको पाइन्छ।'

पछिल्लो समय सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा सर्पदंशका विरामीको संख्या ह्वात्तै बढेको उपचार केन्द्रले जानकारी दिएको छ। खनाललाई सर्पले गएराति डसेको थियो। तर उनले समयमै परिवारलाई जानकारी नदिंदा उनको मृत्यु हुन पुगेको केन्द्रको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.