काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो भिजा कार्डबाट अनलाइन सपिङ् गर्दा लाग्ने सेवाशुल्क नलाग्ने व्यवस्था गरेको छ। भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ् गर्दा अबदेखि कुनै पनि शुल्कनलाग्ने बैंकले जनाएको छ।
बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।यसैगरी बैंकको अन्तर्राष्ट्रिय क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ् तथा सपिङ् गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ।बैंकले एक महिनाभित्र डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ् सेवा, मोबाइल बैंकिंङ् सेवा,इन्टरनेट बैंकिङ् सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमाप्रतिनिधिसम्पर्क कार्यालय स्थापना गरेर कारोबार गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।