काठमाडौं : सन्राइज बैंक लिमिटेडले झापाको हल्दीबारी गाउँपालिका २ मा ३८औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
हल्दीबारी गाउँपालिकाको अध्यक्ष, रवीन्द्र लिङदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहकाबीच हल्दीबारीमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे। सो समारोहमा हल्दीबारी गाउँपालिकाको अध्यक्ष लिङदेनले शाखारहित बैंकिङ सेवाको एजेन्ट/प्रतिनिधि सर्वधन तामाङलाई पोइन्ट अफ सेल मेशिन हस्तान्तरण गरे।
हालसम्म सन्राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।