चितवन : चितवनको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको सव २१ घण्टामा पनि उठ्न सकेको छैन।
पुडासैनी भरतपुर महानगरपालिका–१ नारायगढस्थित पोखरा बसपार्कको कंगारु होटलमा सोमवार ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
उनका परिवारले घट्ना संकास्पद भएको भन्दै ससत्यतथ्य पत्ता नलगाएसम्म सव नबुझ्ने अडान लिएका छन्। प्रहरीले शवको मुचुल्का उठाए पनि परिवारको अडानका कारण शव उठ्न नसकेको हो।
परिवारका अनुसार सधैँ क्यामेरा बोकेर हिड्ने ब्याग नभएको, कोठाको भ्mयालबाट सजिलै मान्छे निस्कन मिल्ने, यसअघि पनि विभिन्न धम्की आउने गरेको थियो।
न्युज २४ मा सिधा कुरा जनतासँग रहेको बेला धम्की आउने गरेकाले पनि सड्यन्त्रपुर्वक हत्या गरेको परिवारको आशंका छ।
मृतक शालिकरामका परिवारले होटल सञ्चालकलाई नियन्त्रणमा लिनुपर्ने र प्रभावकारी अनुसन्धान गर्नुपर्ने माग गरेका छन। दाजु हरिप्रसाद पुडासैनीले सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धतासहित प्रक्रिया अघि बढाए मात्रै शव बुझ्ने बताए।
प्रहरीले मुचुल्का उठाए पनि सव कोठाभित्रै छ। मृतकका परिवार जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा गएका छन्। उनीहरु घट्नास्थलमा फर्किएपछि शव पोष्मार्टमका लागि भरतपुर अस्पताल लगिने प्रहरीको भनाई छ।
होटलका सञ्चाल यज्ञबहादुर कार्कीले आफुलाई घट्नाबारे केही थाहा नभएको बताएका छन्। उनका अनुसार होटलमा सोमवार दिउँसो साढे ३ बजेतिर पुगेका शाालिकरामले कोठामा पुगेर केही समय बाहिर निस्किएर तत्कालै फर्किएका थिए।
राति खाना खान होटलका कर्मचारीलाई खान खान बोलाउन जाँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र होटल व्यवसायीको रोहवरमा ढोका फोडेर खोलीएको उनको भनाई छ।
पत्रकार पुडासैनी केही महिनायता माउन्टेन टिभीमा कार्यरत थिए। यसअघि उनी न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा आवद्ध थिए। उनको घर नुवाकोट हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।