|

जाजरकोट : यहाँका ५ वटा सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ वटा सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेला परेको हो।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको हो।

संघीय सरकारको मताहातमा रहेका ५ कार्यालय, प्रदेश माताहातका ६ र अन्य २ कार्यालयमा अनुगमन गरिएको थियो। अनुगमन गरिएका कार्यालयमा २३ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको प्रजिअ बस्नेतले बताए। तोकिएको पोशाक नलगाउने कर्मचारीको संख्य ३० जना रहेको छ।

नागरिक वडापत्र नभएका कार्यालय ११ , सूचना अधिकारी, नाम, पद र फोन नम्बर टाँस नगरिएका कार्यालयको संख्या ९, धूमपान, मध्यपान निधेष भनी नलेखिएको कार्यालय संख्य १०, म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने भनाइ नलेखिएको कार्यालयको संख्य ९ रहेको प्रजिअ बस्नेतले बताए।

कर्मचारीले पोशाक भत्ता बुझे पनि पोशाक नलगाउने, परिचय पत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमण गरिएको प्रजिअको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.