फोटोकपी गर्दागर्दै तीनजना पक्राउ

|

धनुषा : जनकपुरधामस्थित राम सागर राम स्वरुप बहुमुखी क्याम्पस चिट चोरीमा देशकै बदनाम क्याम्पसमध्ये एक मानिन्छ। यहाँ चिट चोर्न पाउने भएकाले कुनैबेला निजामती, सेना, प्रहरीका हाकिमदेखि नेतासम्म परीक्षा दिन पुग्थे।

चिट चोरीकै कारण बदनाम यो क्याम्पसको अवस्था अझै सुध्रिएको छैन। हालैमात्र परीक्षा हलबाटै प्रश्‍नपत्र म्यासेन्जरबाट आउट गरेको घटना सार्वजनिक भएको छ। एमबीएसको परीक्षाको प्रश्‍नपत्र आउट गरेर फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। 

एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट त्यही ठाउँ बस्‍ने ३० वर्षीय लिलाराज शिवभक्तीसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी त्यही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै अवस्थामा उनीहरु पक्राउ परेका हुन्। 

प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.