समाज

घुस रकमसहित शिक्षक केसी अख्तियारको नियन्त्रणमा

साउन २७, २०७६

    बाँके : विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै रकम मागेको आरोपमा दाङको घोराहीस्थित श्री मावि, रझेनामा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले नियन्त्रणमा लिएको छ। 

    डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै परीक्षार्थीसँग घुस मागेको उजुरीको आधारमा १० हजार रुपैयाँ सहित केसीलाई पक्राउ गरिएको आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए। उनले केसीलाई विद्यार्थीबाट लिएको घुस रकमसहित रंगेहात नियन्त्रणमा लिन सफल भएको बताए।

    केसीलाई घोराही उपमहानगरपालिका १५ बाट घुस रकमसहित नियन्त्रणमा लिएको पाण्डेले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]