|

काठमाडौं : जनता बैंकले ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई. २ लाख सहयोग गरेको छ। 

रातो बंगला फाउण्डेसनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि  ९ गते सम्म गर्ने ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’ मा देशको विभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताका लागि प्रायोजनस्वरुप उक्त सहयोग गरिएको हो। 

उक्त सहयोग बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुजितकुमार शाक्यले रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गरे।

‘विद्यार्थी केन्द्रीत शिक्षामा प्रतिवद्धता’ मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दीगो विकासमा शिक्षा जस्ता विषयहरु समेत समेटिने छन् । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पूर्व विद्यालय शिक्षादेखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुनेछ । 

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत वर्षदेखि नै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.