
काठमाडौं : मौसम इम्बुङ लिम्बुको निर्देशनको चलचित्र ‘घरजम’को टिजर र पोष्टर सार्वजनिक भएको छ। चललिचत्रको टिजर सोमबार युट्युबमा सार्वजनिक गरिएको हो।
हङकङ गरिएको जानकारी सभामा निर्देशक मौसम इम्बुङले चलचित्र निर्माण गर्ने सोच हङकङबाटै आएको, लगानी पनि हङकङबाटै भएको घरजमको टिजर र पोष्टर पनि त्यहीँबाट गरिएको बताए। निर्माता किशोर पन्धाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र बनाइएको बताएका छन्।
पूर्वी नेपालको जनजीवन समेटेर निर्माण गरिएको चलचित्रमा साहित्यकार उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा समेटिएको कथाका केही अंशलाई समेटेर बनाइएको निर्देशक इमबुङले बताए। घरजम पाँचथरको याङ्वरक र ललितपुरमा छायाँकन गरिएको छ।
चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा लिम्बु, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, घटिका थेबे, रवि सेर्मा, लक्ष्मी योङहाङ, बाबा मेन्याङ्बो, सञ्जय निङ्लेकु, दिनेश माङ्मु, नुनाम केरुङ, पुर्णिमा लिम्बू, कमिता तुम्बापो, टीआर सेनेहाङ, वीरेन्द्र खाम्धाक (सिक्किमे कलाकार), स्वयं सिंजाङगु, आयुषा लिम्बूखिम, तेज मेन्याङ्बो, सीता योङ्यालगायतको अभिनय रहेको छ।
आशिष तावा र नुनाम केरुङले स्थानीय संयोजन गरेको चलचित्रमा मुख्य सहायक निर्देशक रवि सेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायाँकन युवराज राई, श्रृङ्गार विनोद तामाङ, कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे र प्रोडक्सन म्यानेजर विमल धमला छन्।
रोमियो फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र घरजम चलचित्रलाई आगामी सेप्टेम्बर १५ मा हङकङस्थित वाम्पो गोल्डेन हार्वेस्ट सिनेमा हलमा घरजमको हङकङ ग्राण्ड प्रिमियर शो हुने निर्देशक इम्बुङले जनाकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।