काठमाडौं : अहिले काठमाडौंको बिजुलीबजारस्थित धोबीखोलामा आर्क ब्रिज निर्माण हुँदैछन्। एउटा ब्रिज निर्माण भइसकेर गाडी गुड्न थालेको छन् भने अर्को निर्माणका क्रममा छ। धोबिखोलामा बनिरहेको आर्क ब्रिज नेपालकै पहिलो हो।
धोबीखोलामा आर्क ब्रिजको निर्माण जेई कन्ट्रक्सनले गरिरहेको छ। यो पुल सञ्चालनमा आएपछि बानेश्वर-माइतीघर सडकखण्ड आकर्षक देखिनेछ। त्यस्तै सर्भिस लेनबाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने बाध्यता हट्नेछ। यसले गर्दा ट्राफिक जाम पर्ने समस्या कम हुनेछ।
त्यस्तै, तीनकुनेस्थित बागमती नदीमाथि पनि आर्क ब्रिज बन्दैछ। यसको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको छ। तर, धोबीखोलाको आर्क ब्रिज बनिसक्दा पनि बागमातीको आर्क ब्रिजको अपक्षाकृत काम हुने सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।