१० वर्षमा २० हजार रन पुरा गर्ने एक्लो खेलाडी

|

भारतीय कप्तान विराट कोहली अहिले विश्वका नम्बर वान  क्रिकेटर हुन्। उनी नजमेको सायदै खेल होलान्। त्यहि भएर कोहलीका लागि यो दशक विश्व क्रिकेटका लागि समेत उल्लेख्य रह्यो। उनले वेस्टइंन्डिजविरुद्ध तीन खेलको सीरीजको तेस्रो एकदिवसीय खेलमा ११४ रनको शतकीय इनिङ खेलेसँगै नयाँ कीर्तिमान बनाए। करिअरको ४३ औं शतक पुरा गर्दा दश वर्षमा २० हजार रन बनाउने पहिलो खेलाडी समेत बन्न कोहली सफल भए।

उनले २०१० देखि २०१९ को अगस्ट मध्य सम्ममा २००१८ रन बनाए । कोहलीले यसअघि एक दशकमा सर्वाधिक धेरै रन बनाउने अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टीङको रेकर्ड तोड्न पनि सफल भए। पोन्टीङले १८९६२ रन बनाएका थिए।

कोहलीले वेस्टइंन्डिजमा चौंथो शतक समेत पुरा गरे। उनी विन्डीजमा सर्वाधिक धेरै ४ शतक लगाउने ब्याट्सम्यान समेत हुन्। उनले अस्ट्रेलियाका पुर्व ओपनर म्याथ्यु हेडनको रकेर्डपनि तोडे। हेडनले विन्डीजविरुद्ध ३ शतक प्रहार गरेका थिए। दक्षिण अफ्रिकाका पुर्व खेलाडी हाशिम अमला र इंग्ल्यान्डका जोए रुटको नाममा नि समान ३–३ शतक रहेको छ।

भारतका लागि कोहली बाहेक अन्य दुई खेलाडीले पनि एक दशकमा १५ हजार रन भने पुरा गरेका छन्। सचिन तेन्दुलकरले १५९६२ रन बनाएका थिए। त्यस्तै राहुल द्रबिडलेपनि सोहि दशकमा १५८५३ रन बनाए । एक दशकमा १५ हजार बढी रन बनाउनेमा भारतका तीनसहित  श्रीलंकाका महेला जयवद्धने र कुमार संगाकारा रहेका छन्। त्यसतै दक्षिण अफ्रिकाका ज्याक कालिस र हसम अम्ला रहेका छन् भने अस्ट्रेलियका रिकी पोन्टीङमात्र रहेका छन्।

एकदिवसीय खेलमा कप्तानको रुपमा कोहलीले २१ औं शतक प्रहार गरे। जुन उनी कप्तानका रुपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको दोस्रो नम्बरमा रहे। उनी अघि पोन्टीङलेनै कप्तानका रुपमा सर्वाधिक २२ शतक प्रहार गरेका छन्। उनले २२० इनिङ खेलेका थिए। कोहलीले भने केवल ७६ इनिङमानै २१ शतक प्रहार गरीसकेका छन्

एक टिमविरुद्ध ९ शतक

कोहलीले वेस्टइंन्डिज विरुद्ध ९ शतक प्रहार गरेका छन्। उनी कुनै एकटिमविरुद्ध सर्वाधिक ९ शतक प्रहार गर्नै दोस्रो भारतीय खेलाडी हुन्। उनले सचिनको रेकर्ड बराबरी गरे। सचिनले अस्ट्रेलियाविरुद्ध ७० इनिङमा ९ शतक प्रहार गरेका थिए। तर कोहलीले यो उपलब्धी केबल ३५ इनिङमानै भेटाउन सफल भए। उनले अस्ट्रेलिया र श्रीलंका विरुद्ध समान ८–८ शतक प्रहार गरेका छन् । सचिनले पनि श्रीलंका विरुद्ध ८ शतक प्रहार गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.