|

काठमाडौं : कुंज नाटक घरमा सिस्‍नुपानी समूहले  'खाइजात्रा' प्रस्तुति सम्पन्न गरेको छ। सिस्‍नुपानी नेपाल, कुंज नाटकघर र आरम्भको आयोजनामा भएका कार्यक्रममा २१ जना कविले आफ्नो प्रस्तुति दिएका थिए।

उक्त कार्यक्रममा देशका राजनीतिक, सामाजिक, आर्थिक विसंगतीविरुद्ध कविहरूले आ-आफ्ना प्रस्तुति दिएका थिए। कार्यक्रममा पप्पु बस्यालले स्वागत गर्दै उनले मादल र गीतारको आवाज निकालेर दर्शकलाई आश्चर्य बनाइदिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेता तथा कलाकारको नक्कल गर्दै दर्शकलाई मनोरंजन दिए।

देवी घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा चट्याङ मास्टरले 'रक्सी महात्म्य' शीर्षकको कविता सुनाए। ललिता दोषीले लेखकहरूमाथि व्यङ्ग्य गर्दै 'क्या क्या कोर्छौ' शीर्षकको कविता प्रस्तुत गरिन्।

बालचन्द्र मिश्र, टेकबहादुर कोइराला, पुण्य आचार्य, केरा अर्याल, बमबहादुर धिताली, डिल्लीराम दाहाल, अर्जुन पराजुली, सुमी लोहनी, नरनाथ लुइटेल, डम्बर घिमिरे, प्रेम ओली, द्वारिका कुइँकेल, थरेन्द्र बराल सहितको टोली, हरिकला उप्रेती, लक्ष्मण गाम्नागे, टंक आचार्य र चक्र दवाडीले आफ्ना प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.