|

सर्लाही : सर्लाहीमा जंगली हात्तीले आतंक मच्चाउन छाडेको छैन्। जिल्लाको लालबन्दी र ईश्वरपुर नगरपालिकाको जंगल छेउछाउका बस्तीमा जंगली हात्तीले लामो समयदेखि स्थानीय बासिन्दाको घर भत्काउने, घरभित्र राखिएको अन्न र खेतबारीमा लगाइएको अन्नबाली नष्ट गर्ने गरिरहेको छ।

यसैक्रममा शुक्रबार दुईवटा जंगली हात्तीले लालबन्दी नगरपालिका–१, नवलपुरमा एउटा घर भत्काएको छ। हात्तीले नवलपुरस्थित नन्देश्वर मन्दिर नजिक रहेको स्थानीय रामचन्द्र महतोको घरका बेराघेरा भत्काएको हो।

हातीले घरभित्र राखिएको धान, गहुँ, लगायतका अन्न खाइदिएको हो। हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन्। गाउँमा अचानक जंगली हात्ती देखा परेपछि स्थानीय त्रसित भएका लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष पञ्चलाल स्याङ्बोले बताए।

सर्लाहीमा महिनौँदेखि जारी हात्ती आतंक नरोकिँदा सर्लाहीको ईश्वरपुर र लालबन्दी नगरपालिकाको वन क्षेत्र छेउछाउ घर भएका स्थानीय त्रासमा दिन काटिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.