|

काठमाडौं : २८ वाणिज्य बैंकले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरुको खुद नाफा २४.५८ प्रतिशतले बढेको हो।  

२०७४/७५ मा बैंकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफमा उल्लेख्य वृद्धि भएको छ। आव २०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.