|
फाइल फोटो

पर्सा : सामान्य विवादमा आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका पर्साका मुक्ति नारायण कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ घरायसी विवादमा आफ्नै घरमा धारिलो हतियारले  श्रीमतीको हत्या गरी फरार रहेका जिल्लाको कालिकामाई गाउँपालिका ५ का कुर्मीलाई पर्सा प्रहरी मातहतको प्रहरीले शनिबार पक्राउ गरेको हो।

अभियुक्त कुर्मीले आफ्नै ३५ वर्षीया श्रीमती संगीतादेवी कुर्मीलाई सामान्य विवादमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ। फरार कुर्मीलाई खोजी गर्ने क्रममा पक्राउ गरिरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

प्रहरीलाई घटनाको सूचना आउन साथ इलाका प्रहरी कार्यालय पोखरिया र कालिकामाई प्रहरी चौकीबाट गएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उखुबारीमा लुकेको समयमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शर्माले बताए। 

मृतक संगीतादेवीको शव भने शुक्रबार अबेर साँझ पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.