|

संखुवासभा : पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संखुवासभाका १० वटै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको छ। पटकपटक स्थगीत हुँदै आएको १० वटै स्थानीय तहले नयाँ नेतृत्व पाएको पार्टी सचिव कृष्ण जिमीले जानकारी दिए। केन्द्रले सिफारिस गरेर पठाएको नाममा पटकपटक विवाद भएपछि स्थानीय तहले पूर्णता पाउन सकेको थिएन।

१० पालिकामध्ये ६ वटामा पूर्वएमाले र ४ वटामा पूर्वमाओवादी अध्यक्ष पाएका छन्। जसेमध्ये खाँदबारी नगरपालिकाको अध्यक्ष किरणकुमार शाक्य र सचिवमा डिल्लीराम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। 

त्यस्तै, गरी धर्मदेवी नगरपालिकाको अध्यक्षमा कुलबहादुर कार्की र सचिवमा चन्द्रबहादुर पौडेल, मादी नगरपालिकामा अध्यक्षमा जीवन लिङथेप र सचिवमा गिरिराज भण्डारी, पाँचखपन नगरपालिका अध्यक्षमा कर्ण राई, सचिवमा लालबहादुर खड्का र चैनपुर नगरपालिकाको अध्यक्षमा गोपाल श्रेष्ठ र सचिवमा पासाङ शेर्पाले जिम्मेवारी पाएका छन्।

त्यसैगरी, चिचिला गाउँपालिका अध्यक्षमा डम्बजंग गुरुङ र सचिवमा नरेन्द्र राई, सभापोखरी गाउँपालिका अध्यक्षमा तीर्थ भट्टराई र सचिवमा भूमिराज मगर, सिलिचोङ गाउँपालिका अध्यक्षमा हस्तमान कुलुङ र सचिवमा ईश्वर राई, मकालु गाउँपालिका अध्यक्षमा लक्ष्मण राई र सचिवमा भरत कटुवाल र भोटखोला गाउँपालिका अध्यक्षमा छेरुक मुनुहाङ भोटे र सचिवमा किटुक भोटे चयन गरेको सचिव जिमीले बताए।

१० पालिका रहेको संखुवासभामा भागवण्डाबाट मकालु, चिचिला, पाँचखपन र धर्मदेवी पूर्वमाओवादीको भागमा परेको छ। भने खाँदबारी, चैनपुर, मादी, सभापोखरी, भोटखोला र सिलिचोङ पूर्वएमालेको भागमा परेको नेकपाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.