|

बोस्टन :  गैरआवासीय नेपाली संघ (एनआरएनए)  क्यानडाको १२ औं साधारण–सभा टोरन्टोमा शनिबार सम्पन्न भएको छ। 

कार्यक्रम अमेरिकाका नेपालीहरूसमेत सहभागी हुन पुगेका थिए । क्यानडाका लागि नेपालका राजदूत भृगु ढुङानाले मन्तव्य दिँदै मुलुकमा अब आर्थिक विकास गर्न आवश्यक भएको बताए। कार्यक्रम नेपाली संस्कृति झल्काउने कलाहरू पनि प्रस्तुत गरिएका थिए।   साधारण सभाले चिरञ्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन गरेको छ।

उपाध्यक्षमा ३ जना बनाइएका छन् भने सन्तोष बरालसहित चार जना मनोनित एनसीसी सदस्यमा परेका छन्। एनसिसीलाई १७ जनाको हुने गरेकोमा ८ जनाका लागि निर्वाचन, र ५ निर्विरोध भएका थिए।

‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो। यसका विभिन्न ७८ देशमा शाखा छन्। एनआरएनए क्यानडाको स्थापना सन् २००७ मा भएको हो। क्यानडामा ४०–५० हजार नेपाली–मूलका नागरिक बसोबास गर्ने अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.