यो वर्षदेखि पुरस्कार र सम्मान राशी चार-चार लाख रुपैयाँ

|

काठमाडौं : मदन पुरस्कार २०७५ योगेश राजको पुस्तक 'रणहार'लाई प्रदान गरिने भएको छ। त्यस्तै, जगदम्बा-श्री सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले मदन पुरस्कार र जगदम्बा-श्री सम्मानको घोषणा गरेको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितले उक्त जानकारी दिएका हुन्। उनले सामाजिक संजाल ट्विटरमार्फत उक्त कुराको जानकारी सार्वजनिक गरेका छन्।

जगदम्बा-श्री सम्मानको र मदन पुरस्कारको राशी यसवर्षदेखि ४-४ लाख रुपैयाँ पुर्‍याइएको छ। यसअघि उक्त रकम २-२ लाख रुपैयाँ थियो।

उक्त पुरस्कार र सम्मान आगामी असोज १२ गते आइतबार घटस्थापनाका दिन प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.