|

काठमाडौं : पत्रकार तथा लेखक दामोदर न्यौपानेको बालबालिका लक्षित पुस्तक बालकथा ‘हाडको डोको’ बजारमा आएको छ। चित्रकथामा आधारित यो पुस्तक बाल मनोविज्ञानमा आधारित छ। 

पुस्तकमा डोको देखेको तर यो केबाट बन्छ भनेर थाहा नपाएका एक बालकको कथा छ। यसमा चित्र प्रदिप बहिङ राईले कोरेका छन्। यस अघि उनले ट्यालेन्ट शो बालचित्र कथा लेखेका थिए। उनका कर्म : सिकाइमा गहिरिएको खाडल, स्वर्णीम समय, स्कुल बेच्न बालक जस्ता बालमनोविज्ञानमा आधारित पुस्तक सार्वजनिक भएका छन्।

पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो। न्यौपानेको यो छैठौं पुस्तक हो भने बालकथाको चाहिँ दोस्रो हो। पुस्तकको मूल्य ९५ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.