रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरीलाई गोली हानी फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीमा गत २०६७ मंसिर १७ गते प्रहरी नायब निरीक्षक लवजंग चौहानलाई गोली हानी फरार रहेका राम एकवाल सहनीलाई रौतहट प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। तत्कालीन भूमिगत तराई मुक्तिमोर्चामा अबद्ध रहेका सहनीले प्रहरी नायब निरीक्षक चौहानलाई घाइते बनाएर हतियार खोसी फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकका अनुसार उनको समूहले सर्लाही जिल्लाको तत्कालीन भवानीपुर गाविस वडा नम्बर ३ स्थित सुकमारी मन्दिर नजिक प्रहरी नायब निरीक्षक चौहानलाई गोली हानी घाइते बनाएर ५४ एम एमको चाइनिज पेस्तोल लुटी भागेका थिए।
सोही समयदेखि सो समूहलाई खोज्ने कार्य सुरु गरेपछि तीनजना विभिन्न मितिमा पक्राउ भएको थियो भने अन्य दुई जना फरार रहेकोमा सहनीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नायकले जानकारी दिए।
गरुडा नगरपालिका २ बस्ने सहनीलाई प्रहरीले झाझपुलबाट पक्राउ उनले बताए। सहनीबिरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ भने अन्य एक जना खोजी कार्य भइरहेको प्रहरी निरीक्षक नायकले जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।