|
तस्बिर : कृष्ण पौडेल/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएपछि बालुवाटरमै सर्वदलीय बैठक बसेको हो। 

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी छन्। प्रधानमन्त्रीको आह्वानमा बसिरहेको बैठकमा नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु सभागी छन्। 

प्रधानमन्त्री थप स्वास्थ्य जाँचका लागि आफू सिंगापुर जानुअघि सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाइने भएको छ । आइतबार संसदमा सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताएका थिए।  

त्यही मन्तब्य अनुसार प्रधानमन्त्रीले मंगलबार अपरान्ह ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय बैठक बोलाएका थिए।  

प्रधानमन्त्रीले बुधबारका ५ बजेका लागि नेपाल कम्युनष्टि पार्टी (नेकपा) र नेपाली कांग्रेसको बैठक बोलाएका छन्।  यी दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछन्। 

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठक बसेको हो । 

यी दईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ। दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट नियुक्त गर्नेबारे दई दलका नेताबीच छलफल भइरहेको छ।  सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा छ । तर २ दलले नामको टुंगो गरिसकेका छैनन्।  

बैठकका क्रममा मुस्काउँदै प्रधानमन्त्री केपी ओली । तस्बिर : कृष्ण पौडेल/प्रधानमन्त्रीको सचिवालय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.