|
सर्वदलीय बैठक

काठमाडौं : सरकारले संक्रमणकालिन न्यायको बिषयमा टुँगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छुट्टै छलफल गर्ने भएको छ। 

मंगलबार सर्वदलीय छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज कांग्रेससँग छुट्टै छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि दिउँसो ४ बजे बालुवाटार बोलाएको उनका सहयोगी भानु देउवाले जानकारी दिए। 

यसै बिषयमा केहि दिन अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवाबीच पनि अनौपचारिक छलफल भएको थियो । ओलीले गत आइतबार संसदमा सम्बोधन गर्दै संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक हप्तामा लगाइसक्ने प्रतिवद्धता जनाएका छन्। 

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्नेबारे नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल हुँदै आएपनि पदाधिकारी रिक्त रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.