|

काठमाडौं : संसदको शिक्षा  तथा स्वास्थ्य समितिले शिक्षण अस्पतालमा निर्माण गरिने भनिएको शुरेस वाग्ले मेमोरियल क्यान्सर अस्पताल भवन बनाउने विषयमा भइरहेको ढिलाइबारे बुझेर सत्यतथ्‍य बाहिर ल्याउनका लागि तीन सदस्‍य समिति गठन गरेको छ।

समितिमा सांसद अन्जना विशंखेको संयोजकत्वमा सरिता न्यौपाने र इकवालमियाँ सदस्य रहेका छन्। समितिले अस्पतालको भौतिक पूर्वाधारको अवस्था र काममा भइरहेको ढिलाई र कामै नगर्ने ठेकेदारलाई पटकपटक म्याद थप्नुको कारणबारे पाँच दिनभित्र प्रतिवेदन बुझाउने समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

उनले भनिन्, ' समितिले अस्पतालको भौतिक पूर्वाधारको काम हेरेर पाँच दिनभित्र वास्तविक सत्‍तयत्य र काम नगर्ने ठेकेदारलाई ठेक्काको म्याद थपेको कारण र अवस्थाबारे बुझ्‍नेछ।'

सांसद खगराज अधिकारीले निजी अस्पताल संचालकहरूको कुत्छित मनशायबाट अस्पताल निर्माणमा ढिलाई भएको बताएका छन्। उनले कहिले मान्छे मर्‍यो, चुनाव आयो र कहिले भूकम्पको निहुँ बनाएर तीन वर्षमै सकिने काम आठ वर्षसम्म नगर्ने ठेकेदारलाई उचित छानविन गरेर कारबाही हुनुपर्ने बताए। उनले भने, 'कहिले ठेकेदारको मान्छे मर्‍यो, कहिले चुनाव आयो र कहिले भूकम्प आयो भनेर ३ वर्षमा सकिने काम ८ वर्षमा पनि भएन। यसको निहुँ बनाएर बेइज्तीपूर्ण लापरबाही कसले गर्‍यो यसको छानविन गरेर कारबाही हुनुपर्छ।'

अस्पताल भवन निर्माणको विषयमा स्वास्थ्य मन्त्रालय पनि निरीह देखिएको र शिक्षा मन्लालयले पत्र मात्र काट्ने काम गरेको उनको भनाइ छ।

सांसद गगन थापाले काम नगर्ने ठेकेदारलाई म्याद थप्‍ने मात्र हैन कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने बताए। यो हस्पिटल बनेको भए जनतालाई ठूलो राहत हुने तथा निजी अस्पतालमा ३ लाख लाग्‍न उपचार यसमा ३०/४० हजारमै हुने धारणा व्‍यक्त गरे।

सांसद चित्रलेखा यादवले ठेकेदारले जे जे भन्यो सरकार त्यतै कुदेको र  ठेकेदारको हितमा मात्र काम भएको आरोप लगाइन्।

त्यस्तै जीवनकुमार श्रेष्ठले अस्पतालको भवन निर्माणको काम क्यान्सर भइसकेकोले दोषलाई कारबाही गर्नुपर्ने बताए। शिक्षण अस्पतालमा निर्माण गरिने भनिएको शुरेस वाग्ले मेमोरियल क्यान्सर अस्पताल २०६८ मा सुरु गरेर २०७१ का सक्ने योजना थियो।

 अस्पतालको केही कामै नगरी ठेकेदारले विभिन्न वहाना बनाउँदै आइरहेको छ।ठेकेदारको वहानालाई विश्वास गरेर सरकारले ३/४ पटक ठेकेदारको म्याद थपेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.