|
फाइल फोटो

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिएका छन्। परिसरमा नयाँ प्रवक्तामा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दलाई नियुक्त गरिएको हो।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादित जनसरोकारका विषयको जानकारी प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दिँदै आएका थिए। उनी बिदामा बस्‍ने भएपछि उनको ठाउँमा नयाँ प्रवक्ता नियुक्त गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.