राजनीति

विज्ञापन विधेयक समितिबाट पारित : विदेशी च्यानलमा क्लिन फिड लागू हुने
SHARES

फाइल फोटो
भदौ ४, २०७६

    काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ। समितिको बुधबारको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रूपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्।

    राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो। समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ। ऐन लागू हुनुअघि विदेशी प्रशारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रशारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ।

    यसैगरी विधेयकमा टेलिफोन र विद्युत्का पोलमा विज्ञापन गर्न नपाइने प्रावधानसमेत राखेको छ। विधेयकमा सरकारी विज्ञापन गर्दा विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

    बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पारित भई ऐनका रूपमा कार्यान्वयनमा आएपछि अव्यवस्थित देखिएको विज्ञापन बजार नियमन हुने बताए। यसले अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको विश्वास थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]