डोटी : तराइमा ग्राभेल हाल्नु र पहाडका डाँडामा डोजर चलाउनु मात्र विकास नभएको सुदूरपश्चिम प्रदेश सभाका सांसद तथा नेकपाका सचेत तारा लामा तामाङले बताए। डोटी जिल्लाको तेस्रो जिल्ला सभा तथा बार्षिक समीक्षा कार्यक्रममा बोल्दै सांसद तामाङले उक्त कुरा बताएका हुन्।
जिल्ला सभाका प्रमुख अतिथि रहनु भएको तामाङले भने, ‘हामीले बिकास भन्ने बित्तिकै तराइमा ग्राभेल हाल्ने, पहाडमा डोजर चलाएर मात्र बिकास हुन्छ भन्ने मान्यता अन्त्य गर्नु पर्छ।’
जिल्लाका ९ स्थानीय तहका प्रमुख तथा उप–प्रमुख जिल्ला सभाका सदस्यहरूको उपस्थितिमा संचालन भएको जिल्ला सभामा जिल्ला तथा डिभिजन कार्यालयका प्रमुख गैर सरकारी संस्थाका प्रतिनिधीको उपस्थितिमा रहेको छ।
जिल्ला सभा तथा बार्षिक समीक्षा भोलिसम्म चल्ने छ। जिल्ला सभामा स्थानीय तहका प्रमुख तथा उप–प्रमुखले स्थानीय तहले बार्षिक योजना तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्ने छन। जिल्ला सभामा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना मन्तब्य ब्यक्त गरे।
जिल्ला सभा आज र भोलि चल्ने जिल्ला समन्वय समिति डोटीले जानकारी दिएको छ। जिल्ला सभाबाट भएका निर्णय भोलि पत्रकार सम्मेलनबाट जानकारी गराइने जिल्ला संयोजक रामबहादुर ऐरले जानकारी दिए।
कार्यक्रम अहिले जिल्ला समन्वय समिति डोटीको सभाहलमा जारी रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।