|

भद्रपुर : दुइटा ड्रोन क्यामरासहित भारतमा एक नेपाली पक्राउ परेका छन्। नेपाल–भारतको सीमावर्ती नाकास्थित काँकडभिट्टा जोड्ने पानीटंकीमा मेचीनगर बस्ने अन्दाजी ४० वर्षीय सन्तोष न्यौपाने दुई वटा ड्रोन क्यामरासहित पक्राउ परेका हुन्।

न्यौपानेलाई सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी)को टोलीले बिहीबार बेलुका पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिए। एसएसबीका अनुसार नेपालबाट भारततर्फ गइरहेका न्यौपानेलाई चेक जाँच गर्दा उनको साथबाट चाइनिज कम्पनीका दुई ड्रोन क्यामरा फेला परेको हो।

बरामद गरिएको ड्रोन क्यामराको मूल्य नेपाली रुपैयाँ चार लाख रहेको जनाइएको छ। उनलाई ड्रोन क्यामरासहित आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.